२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयद्वारा कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयद्वारा कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गत ३० र ३१ भदौमा सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा एक लाख २६ हजार ६५३ जना सहभागी परीक्षार्थी मध्ये ९२ हजार ४४ जनाले मात्र ग्रेड प्राप्त गर्न सकेका छन् । बाँकी ६ जनाको परीक्षा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिको वेबसाइट अथवा १६०० मा एसएमएस गरेर हेर्न सक्नेछन् । परीक्षामा सहभागी भई सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले नतिजा प्रकाशन भएको मितिले ७ दिन पश्चात मात्र ट्रान्स्क्रिप्ट, माइग्रेसन, प्राभिजनल र ग्रेडवृद्धि प्रमाणपत्रका लागि रसिद काट्न सक्नेछन् । परीक्षामा प्राप्त भएको कुनै विषयको ग्रेड अथवा अंकमा चित्त नबुझे १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिनसक्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार