२०८२ चैत २१ गते शनिवार | April 04, 2026

गृहपृष्ठ एभरेष्ट इ.बो. स्कुल बुटवलमा ट्राफिक सचेतना तथा लागुपदार्थ दुव्र्यसनी विरुद्धको सचेनता कार्यक्रम सम्पन्न

एभरेष्ट इ.बो. स्कुल बुटवलमा ट्राफिक सचेतना तथा लागुपदार्थ दुव्र्यसनी विरुद्धको सचेनता कार्यक्रम सम्पन्न

बुटवल । बुटवल सुख्खानगरस्थित एभरेष्ट इ.बो. स्कुलमा ट्राफिक सचेतना तथा लागुपदार्थ दुव्र्यसनी विरुद्धको सचेनता कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट मा.वि.को आयोजना तथा श्रवणपथ प्रहरी चौकी बुटवलको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा एभरेष्ट मा.वि.को कक्षा ९ मा अध्ययनरत १६० जना विद्यार्थीहरु सहभागी भएका थिए ।

श्रवणपथ प्रहरी चौकीका कार्यालय प्रमुख खगेन्द्र पराजुलीको मुख्य प्रशिक्षणमा सम्पन्न उक्त सचेतना कार्यक्रममा ट्राफिक सम्बन्धी विशेष ज्ञान, युवा पुस्तामा बढ्दो लागुपदार्थ दुर्व्यसनी र त्यसको असर एवं त्यस विरुद्धको सचेतना र साइबर अपराध विरुद्धको सचेतनाका बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा चेतना अभिवृद्धि गर्नुका साथै युवाहरुलाई दुव्र्यसन र साइबर अपराधबाट बच्न सहयोग पुर्याउने विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सह-प्राचार्य भीमसेन गौतमले विद्यार्थीहरु नै चेतनाका संवाहक भएको हुनाले उनीहरु सचेत भएका समाजमा परिवर्तन ल्याउन सहज हुने विचार व्यक्त गर्नुभएको थियो । यसैगरी उपप्राचार्य उमेश रेग्मीले प्रशिक्षणमा सिकेको कुरालाई व्यवहारमा उतार्नुका साथै आफ्नो समुदायमा पनि प्राप्त ज्ञान फैलाउन सकेमात्र प्रशिक्षण सफल हुने विचार व्यक्त गर्दै प्रशिक्षणमा सहभागी विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम दुई चरणमा गरि सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार