गृहपृष्ठ भूल्के मा.वि.मा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
भूल्के मा.वि.मा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
तिलोत्तमा । आज मिति २०८२ असार २० गते शुक्रबारका दिन श्री भूल्के माध्यमिक विद्यालय तिलोत्तमा ११, भु.पू. सैनिक रुपन्देहीमा शुक्रबार अभिभावकहरुका बिचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा कक्षा ८ र कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुका बिचमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर कनौजे, प्रधानाध्यापक दुर्गा सापकोटा, सह प्रधानाध्यापक मिना पोखरेल रिजाल, लगायत कक्षागत विषयका शिक्षकहरुको उपस्थिति रहेको थियो । उलेख्य अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरुमा देखापरेका विविध शैक्षिक समस्या र चुनौतीको विषयमा दोहोरो छलफल भएको थियो ।
त्यस्तै विभिन्न विषय शिक्षकहरुले पनि अभिभावकमाझ आ-आफ्ना विषयका बारेमा राय संगै छलफल गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वि.व्य.स. अध्यक्ष कनौजे संगै विध्यलायाकी प्रधानाध्यापक सापकोटाले पनि शैक्षिक सुधारमा अभिभावक संगै विद्यार्थीको भूमिका बारे प्रस्ट पार्नुभएको थियो । उक्त सम्पन्न कार्यक्रम सन्चालन मा.वि, तह संयोजक शिक्षक बाबुराम खनालले गर्नुभएको थियो ।






