२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ सुमन ढकालको शब्द रचनामा “चकचके माया” गीत छिट्टै बजारमा आउदै

सुमन ढकालको शब्द रचनामा “चकचके माया” गीत छिट्टै बजारमा आउदै

बजारमा नयाँ लोक तथा दोहोरी गीतहरु आउने क्रम जारीनै छन् । धेरै समय अघिबाटै सांगितिक यात्रा गर्दै अगाडी बढेका लोकप्रिय सर्जक एवम् गीतकार सुमन ढकालको नयाँ गीत “चक्चके माया” बजारमा आउदैछ । बिक्रम क्षेत्री, ओम सेन्चुरी, नरेन्द्र टमट्टा र गायिका मेनुका परियारको आवाजमा रहेको गीतलाई रोशन परियारले लय गरेका हुन् भने सुमन ढकालले शब्द कोरेका हुन् । गीत फरक शैलीमा बनेको छ ।

दोहोरी पाटोमा अहिले बजारमा मौलिक गीतहरुले ठाँउ पाउदै आएका छन् । फुल बसाको चक्चके मायाले कति हसाको गीतमा दम छ चक्चके बोलको भाकामा हासो माया यस्तै मिठा खालको शब्द चयन गरिएको पाइएको छ । तेजेन्द्र गौतम, टिका सानु, रविना वसेल, प्रेम खड्का, हरी बिडारी र कृष्ण परियारको दमदार अभिनय रहेको म्युजिक भिडियोलाइ दिपक गिरिले छायांकन विकास ज्ञवालीले सम्पादन/कलर गरेका छन् भने निशान एस केले निर्देशन गरेका छन् । भिडियो मेशना म्युजिकको युटुव च्यानलबाट देशभर सार्वजनिक हुदैछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार