गृहपृष्ठ कृष्ण बस्यालको उत्कृष्ट शब्दमा अर्जुन सापकोटाको ” सिमलैमा मैना ” आउदै
कृष्ण बस्यालको उत्कृष्ट शब्दमा अर्जुन सापकोटाको ” सिमलैमा मैना ” आउदै
नेपाली लोक गीतको संग्राममा बजार गीत आउने क्रम जारी छन् । यस्तै कृष्ण बस्यालको नयाँ गीत “सिमलैमा मैना” बोलको गीत अर्जुन सापकोटाको युटुव च्यानलबाट रिलिज हुदैछ । केही समय अगाडी बस्यालको “बनकी चरी” बोलको गीतले सांगितिक बजारमा तहल्का पिटेको थियो ।

अहिले धेरैले आश गरेको गीतलाई अर्जुन सापकोटा र समिक्षा अधिकारीको आवाज रहेको छ भने अर्जुन सापकोटाको लय भरेका छन भने कृष्ण बस्यालको शब्द/सृजना गरेका हुन् । गीतको म्युजिक भिडियोमा दिप्ती गोम्जा र शिव खड्काको अभिनय रहेको छ । भिडियोलाई सुर्य लामाले छायांकन/सम्पादन गरेका छन भने प्रतिक निगुसर (Prateek Ngesyur) ले निर्देशन गरेका छन ।






