२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको ”फलाम पिटे तरवार”बोलको गीत बजारमा दर्शकको मन जित्दै (भिडीयोसहित)

भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको ”फलाम पिटे तरवार”बोलको गीत बजारमा दर्शकको मन जित्दै (भिडीयोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

सोहि क्रममा नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको”फलाम पिटे तरवार”बोलको गीत मंगलबार सार्वजनिक भएको छ। गीत को लय शब्द भागिरथ आफैले गरेका हुन भने एरेन्ज आशिष अबिरलले गरेका हुन्। गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ठ बनेको छ ,गीतको म्युजिक भिडियोमा आशिर प्रताप जंग र लोशिना लामिछानेको उत्कृष्ठ अभिनय रहेको छ। भिडियो निर्देशन शुनिल क्षेत्रीले गरेका हुन् भने छायांकन दीपक गिरी र सम्पादन अमृत चापागाइँले गरेका हुन् ।

पुरा भिडियो हेर्नुहोस :

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार