२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ गायक पुरुषोत्तम पौडेलको ”जाली मायाले” गीतले बजारमा दर्शकको माया बटुल्दै ( भिडीयोसहित )

गायक पुरुषोत्तम पौडेलको ”जाली मायाले” गीतले बजारमा दर्शकको माया बटुल्दै ( भिडीयोसहित )

ओए कान्छु म प्रदेश जान्छु र रिवन केशैमा पछि पौडेल दाजुभाईको जाली मायाले बजारमा लोक दोहोरी विधामा तिज महामारी काण्ड , ओए कान्छु म प्रदेश जान्छु , रिवन केशैमा लगायतका गीतबाट चर्चा कमाउन सफल कलाकार पुरुषोत्तम पौडेलले जाली मायाले बोलको गीत बजारमा ल्याएका छन् ।

आफ्नै भाई शिब पौडेलको शब्द रचनामा सजिएको जालीमायाले बोलको गीतमा पौडेलले आफै अभिनयसमेत गरेका छन् । यो उनको दोस्रो अभिनय हो । उनले आफ्नै गीत ए निर जाले बाट अभिनय सुरु गरेका थिए ।

ए निर जाले बोलको गीतको सफलता सँगै पौडेलले जाली मायाले बोलको गीतमा समाजको सोचाइले प्रेम तथा परिवारमा प्रत्यक्ष असर पार्ने नेपाली समाजलाई चित्रित गरेका छन् । गीतको अभिनयलाई आधार मानेर हेर्ने हो भने समाजमा रहेका विसंगतीहरुको विरुद्ध जादाँ परिवार र प्रेमनै गुमाउनुपर्ने अवस्था गीतमा प्रष्टसँग देखा परेको छ । उपत्यका बाहिर छयाङ्कन गरिएको गीतमा पुरुषोत्तम पौडेलको लय तथा स्वर रहेको छ भने महिला तर्फ समिक्षा अधिकारीले आवाज दिएकको निमार्ता टोली उमंग फिल्मस् प्रा।लि ले जनाएको छ ।

 

लोक दोहोरी,आधुनिक,चलचित्र विधाका करिब सयौँ गीतमा शब्द दिएका रचनाकार शिब पौडेलको शब्द रहेको गीतको एरेन्ज कमल सौरागले गरेका छन् । मारुनील स्टुडीयोमा रेर्कडिङ भएको उक्त गीत सुमन र खुमन रानाले रेर्कड गरेका थिए भने गीतको अडियो सम्पादन कुमार रानाले गरेका हुन् । कपिल लामाले निर्देशन गरेको गीतको सम्पादन तथा कलर भने शिब पौडेलले गरेका छन् ।

गीतमा सारिका के।सी,पुरुषोत्तम पौडेल,शिब पौडेल,खेम बा, गोमा न्यौपाने,आशिस्मा न्यौपाने तथा सलिना मगर लगायतका कलाकारलाई देख्न सकिन्छ । शनिबार बिहान साढे सात बजे सार्वजनिक गरिएको गीत पुरुषोत्तम पौडेल युटुव च्यानलमा हेर्न सकिन्छ ।

पुरा भिडियो :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार