गृहपृष्ठ सलमानको ‘राधे’लाई कमजोर समिक्षा
सलमानको ‘राधे’लाई कमजोर समिक्षा
बलिउड नायक सलमान खान अभिनित प्रतिक्षित चलचित्र ‘राधे’ डिजिटल प्लेटफर्म तथा हलमा रिलिज भएको छ । विशेषगरि, ओभरसिजका दर्शकका लागि यो चलचित्र हलमा रिलिज भएको छ । भारतमा भने हल बन्द रहेकाले दर्शकले ओटीटी प्लेटफर्मबाट यो चलचित्र हेर्न सक्नेछन् ।
प्रभु देवाको निर्देशनमा बनेको यो चलचित्रलाई समिक्षकले भने निकै कमजोर प्रतिक्रिया दिएका छन् । भारतका चर्चित समिक्षक तरण आदर्शले चलचित्र हेरेर आफू निराश भएको उल्लेख गरेका छन् । सामाजिक संजालमा पनि चलचित्रलाई लिएर कमजोर प्रतिक्रिया आइरहेको छ ।
चलचित्र ‘राधे’मा सलमानको साथमा दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारको अभिनय छ । यो चलचित्र जी प्लेक्सको ओटीटी प्लेटर्फमा रिलिज भएको हो ।
चलचित्र रिलिज भएको केही घन्टामै जी प्लेक्सको सर्भर क्रास भएको थियो । तर, सर्भर क्रास भएको एक घन्टापछि यो एपले काम गरेको थियो । भारतमा कोरोनाको दोश्रो लहरका कारण लकडाउन भएपछि दर्शकले अनलाइनको माध्यमबाट यो चलचित्र हेरिरहेका छन् ।
यो पनि
भैरबनाथ दर्शन गरि हेर्नुहोस २०७८ जेठ १ गते शनिबारको तपाइको राशिफल
मेष : बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ ।
बृष : अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।
मिथुन : अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला ।
कर्कट : रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।
सिंह : आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।
कन्या : रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
तुला : वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।
बृश्चिक : आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
धनु : लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ ।
मकर : जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।
कुम्भ : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।
मीन : आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।





