२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ रचना रिमालको आवाजमा सर्जक डा. बिष्णु मुर्ती भट्टराईको मेरो तस्बिर सार्वजनिक (भिडियोसहित)

रचना रिमालको आवाजमा सर्जक डा. बिष्णु मुर्ती भट्टराईको मेरो तस्बिर सार्वजनिक (भिडियोसहित)

बुटवल,जेष्ठ,७ । अहिले संसारभर फैलिएको कोरोना (कोभिड-१९) माहामारीमा अहोरात्र कोभिडका बिरामीको सेवामा खटिदै आउनुभएका डा. बिष्णु मुर्ती भट्टराईको प्रेमिल भावनाले ओत्प्रोत शब्द, प्रतिभावान गायक तथा संगीतकार श्रीधर अधिकारिको निकै नै मिठो संगीतमा सजिएर पछिल्लो समयकी निकै चर्चित अनि व्यस्त गायिका रचना रिमालको सुमधुर अवाजमा डा. भट्टराईको आफ्नै युट्युब च्यान्नल  Dr Bishnu Murti Bhattarai  मार्फत बजारमा सार्बजनिक भएको छ । यस गीतमा संगीत सम्योजन कमल सौरागले गरेका छन भने यो गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

कोरोना (कोभिड-१९) माहामारीका कारण गीतको भिडियो बनाउन सम्भव नभएका कारण अहिले लिरिकल भिडियो लिएर दर्शक श्रोता माझँ आएको गीतको सर्जक डा. भट्टराईले बताउनुभयो । सामग्रमा गीत कर्णप्रिय बनेको छ त्यसैले गीतले दर्शक श्रोताको माया पाउनेमा आशावादी रहेको कुरा गीतका साङ्गीतकार श्रीधर अधिकारिले बताउनुभयो । गीतले पूर्ण रुपमा सफलता प्राप्त गरि दर्शक श्रोताको मन मुटुमा बस्न सफल होस ।  गीतको सफलता संगै गीतको म्युजिक भिडियो छिटै सार्बजनिक होस गीत पूर्ण सफलताको सम्पूर्ण उदयमान मिडिया प्रा.लि धेरै शुभकामना ब्यक्त गर्दछौ ।

पुरा भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार