२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ यस्तो बन्यो पुरुषोत्तम गैरे र सुनिता बुढाले गाएको गीत ‘मेरो भगवान’ (भिडियो सहित)

यस्तो बन्यो पुरुषोत्तम गैरे र सुनिता बुढाले गाएको गीत ‘मेरो भगवान’ (भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।

यतिबेला पुरुषोत्तम गैरे र सुनिता बुढा क्षेत्रीको आवाजमा ‘मेरो भगवान’ बोलको गीत पुरुषोत्तम गैरेको आफ्नै युटुव च्यानलबाट बजारमा आएको छ । विमल पौडेलको शब्दमा गैरेको लय रहेको छ । गीतसंगै भिडियो निकै राम्रो तथा समय सान्दर्भिक बनेको छ ।

म्युजिक भिडियोमा कलाकार बिना बिश्वकर्मा कुशल अधिकारी गोविन्द थापाको अभिनय रहेको देख्न सकिन्छ । यो मिठो म्युजिक भिडियोलाइ अजय रेग्मीको छायांकन, दिपक विष्टले सम्पादन गरेका छन् भने काजिश श्रेष्ठले निर्देशन गरेका छन् ।

हेर्नुहोस पुरा भिडियो:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार