गृहपृष्ठ राज कुन्द्रालाई जमानत प्राप्त भएपछि,के भनिन शिल्पा शेट्टिले ?
राज कुन्द्रालाई जमानत प्राप्त भएपछि,के भनिन शिल्पा शेट्टिले ?
एजेन्सी । मानिसको जीवनमा नराम्रा समय आउने–जाने भैरहन्छ । तर जस्तो स्थितिमा पनि सकारात्मक खोज्नु जीवन बाँच्ने एउटा कला हो । पछिल्लो केही समयदेखि बलिउड अभिनेती शिल्पा शेट्टिले धेरै नै अप्ठ्यारा दिनहरुको सामना गर्नुपर्यो ।
उनका श्रीमान् राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा जेलमा थिए । त्यस्तो स्थितिमा शिल्पाले आफूलाई मात्र होइन, आफ्नो परिवारलाई पनि सम्हालिन् । अहिले उनको स्थिति पहिला भन्दा केही सहज भएको देखिन्छ । भर्खरै राज कुन्द्राले अदालतबाट जमानत प्राप्त गरेका छन् ।
राज कुन्द्राले अश्लिल फिल्म बनाएको मुद्दामा जमानत प्राप्त गरेका हुन् । अदालतले ८० हजार रुपैयाँ मुचुल्कामा राजलाई जमानत दिएको हो । राजसंगै धेरै मानिसहरु पक्राउ परेका थिए । उक्त मुद्दामा राजसँग लामो सोधपुछपछि जुलाई १९ मा उनलाई गिरफ्तार गरिएको थियो ।
यस बारेमा राजसंगै शिल्पालाई पनि धेरै सोधपुछ गरिएको थियो । राजले जमानतमा रिहा हुने आदेश पाएको केही समयपछि शिल्पाले सामाजिक सञ्जालमा एउटा सकारात्मक पोस्ट शेयर गरेकी छिन् । राजलाई प्राप्त जमानतमा रिहा हुने खबरले शिल्पाले राहतको सास फेरिन् भन्ने उनको उक्त पोस्टबाट थाहा हुन्छ ।
शिल्पा शेट्टीले इन्स्टाग्राम स्टोरीमा साँझको समयमा आकाशमा निस्केको इन्द्र धनुषको तस्वीर शेयर गर्दै क्याप्शनमा राइटरलाई कोट गर्दै लेखेकी छिन् –‘इन्द्रधनुषको अस्तित्वले एउटा डर लाग्दो हुन्डरी पछि पनि सुन्दर कुरा हुन सक्छ भन्ने बताउँछ ।’ यसैबीच, कुन्द्राका वकिलले उनी आज मंगलबार जेलबाट बाहिर आउने सम्भावना रहेको जनाएका छन् ।





