गृहपृष्ठ चरी जेलैमा गीतपछि बिष्णु माझीको ‘दशै तिहार आइसक्यो’ गीतले बजारमा तहल्का मच्चाउदै (भिडियोसहित)
चरी जेलैमा गीतपछि बिष्णु माझीको ‘दशै तिहार आइसक्यो’ गीतले बजारमा तहल्का मच्चाउदै (भिडियोसहित)
काठमाडौं । माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले अत्यधिक रुचाउने गर्छन ।
यतिबेला,सुन्दरमणि अधिकारीको लय शब्द रहेको सुमधुर स्वरकी धनि विष्णु माझीको आवाजमा “दशै तिहार आईसक्यो” नया गीतले बजारमा निकै चर्चा पाएको छ । चरी जेलैमा गीत भाईरल भएपछि फेरी विष्णु माझीबारे चासो बढ्न थालेको छ।
गीतको भाव शब्द चयन संगै मिठो धुन मिसिएको लय बनेर गीत बजारमा आउदा नरुचाउने कम नै होलान् ? तर गीत बजारमा आउँदा साच्चिकै मर्मस्पर्शी बन्छ र दर्शक श्रोताको मन छुन्छ मुटुमा बस्छ।
माधुर्यता संगै सुमधुर आवाजले दर्शक श्रोताको मन छुन पुगेको हुन्छ यस्ता कुरा गीतको कथाले बताईरहेको हुन्छ। अभिनय पनि एक विशेष पाटो हो जुन पर्दा अगाडीनै झल्किरहेको हुन्छ।
झ्यास्स गीतको भिडियो हेर्दा अभिनय देखिन्छ त्यो एउटा मुख्य पाटो हो। गीत संगै भिडियोले बताईरहेको हुन्छ। गीतमा प्रिया बिस्टको अभिनय रहेको छ। भिडियोलाई सुन्दरमणी अधिकारी स्वयं आफैले निर्देशन गेरका छन्।
हेरौं विष्णु माझीको नयाँ गीतको भिडियो :












