२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ राजेश भण्डारी, बिनोद बिष्ट संगै धेरै कलाकारको दशै गीत “छम्म छम्म” (भिडियो सहित)

राजेश भण्डारी, बिनोद बिष्ट संगै धेरै कलाकारको दशै गीत “छम्म छम्म” (भिडियो सहित)

सुमन ढकाल,बुटवल । नेपाली गीत संगीतको दुनियामा माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश् श्रोताले रुचाउछन् । यतिबेला, दशै विशेष गीत राजेश भण्डारी विष्णु सिंजाली विनोद विष्ट पुनन परियार सारदा चन्दा ठकुरीको आवाजमा रहेको गीतलाई बिजय तिवारीको शब्द गरेका हुन् भने संगित राशि रिजालले गरेकी हुन् ।

गीत निकै मिठो बनेको छ । गीतको भाव शब्द चयन संगै मिठो धुन मिसिएको लय बनेर गीत बजारमा आउदा नरुचाउने कम नै होलान्  तर साच्चिकै गित मर्मस्पर्शी बन्छ। गीतको आवाजले मन छुन्छ मुटुमा बस्छ। माधुरियता संगै सुमधुर आवाजले दर्शक श्रोताको मन पंग्लिन पुगेको हुन्छ यस्ता कुरा गितको कथाले बताईरहेको हुन्छ। संगै अभिनय पनि एक विशेष पात्र हो जुन पर्दा अगाडीनै झल्किरहेको हुन्छ।

गीतको भिडियो हेर्दा अभिनय देखिन्छ त्यो एउटा मुख्य पाटो हो। गीत संगै भिडियोले बजार तताईरहेको हुन्छ। भिडियोमा राजेश भण्डारी अनुभव साहिकयर सम्झना सलिना दिपेन्द्र सुष्मा बर्षा रविना प्रियंका मनोज सुर्यको दमदार अभिनय रहेको छ । भिडियोलाइ राजेश भण्डारीले निर्देशन गरेका हुन् भने गीत राजेश भण्डारीको युटुव च्यानलवाट गीत देशभर सार्वजनिक भएको हो ।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार