२०८३ भदौ १ गते सोमवार | August 17, 2026

गृहपृष्ठ कृष्ण कंडेल इन्द्रेणी टिमद्वारा धुर्मुस-सुन्तली फाउण्डेशनलाइ सहयोग

कृष्ण कंडेल इन्द्रेणी टिमद्वारा धुर्मुस-सुन्तली फाउण्डेशनलाइ सहयोग

काठमाडौं, असोज ७ । एक दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल धुर्मश–सुन्तली फाउण्डेशनलाई कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण प्रसाद कंडेलले आर्थिक सहयोग हस्तान्तण गरेका छन् । स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा संस्थाहरुले इन्द्रेणी समाज मार्फत पठाएको आर्थिक सहयोग हस्तान्तरण भएको हो ।

२ लाख ५५ हजार ८ सय ५ रुपैयाँ धुर्मश–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुशलाई कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कंडेलले चेक मार्फत हस्तान्तरण गरेका हुन । धुर्मश–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक अभावका कारण निर्माण रोकिएको छ । सरकारी स्तरबाट खासै सहयोग नपाएपनि विभिन्न महानुभावहरुले रंगशाला निर्माणको लागि सहयोग गर्दै आएका छन् ।

कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत दर्ता

झण्डौ दुई दशकदेखि सामाजिक सेवामा क्रियाशिल इन्द्रेणी कार्यक्रम सञ्चालक, इन्द्रेणी समाजका अध्यक्ष, भूतपूर्व नेपाली सेना एवम् समावसेवी कृष्ण प्रसाद कंडेलले कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन दर्ता गरेका छन् । फाउण्डेशन दर्ता भएसँगै इन्द्रेणी समाज मार्फत हुर्दै आएका सम्पूर्ण आर्थिक कारोवार अब फाउण्डेशन मार्फत हुने भएका हुन ।

कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुःखी पीडित, रोगी, गौशाला, विभिन्न सामाजिक संघसंस्था, सडक कुकुर, बाँदर तथा अन्य विपन्न नागरिकलाई निरन्तर सहयोग गर्ने लक्ष्य जारी रहने छ । बैंक खाता कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशनको नाममा रहेको छ । सहयोग गर्न चाहने विभिन्न संघ संस्था र स्वदेश तथा विदेशमा रहनुभएका महानुभावहरुले राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय थापाथली काठमाडौ नेपालको

खाता नम्बर १४३०१००००२८०९००१ शाखा कोड नम्बर १४३ स्विफ्ट कोड राविविएनपिकेए मार्फत सहयोग पठाउन सकिने व्यवस्था गरिएको छ । केही समस्या तथा थप जानकारी चाहिएमा ९८४१४८९८३५ मा समेत विभिन्न सामाजिक सञ्जाल र प्रविधिको प्रयोग मार्फत जानकारी दिन सकिने छ । फाउण्डेशनका अध्यक्ष कंडेलले बढ्दो बैकिङ कारोवारको प्रविधिसँगै अब सबै ै प्रकारका सहयोग समेत बैंकिङ प्रणाली मार्फत हुने जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार