गृहपृष्ठ चर्चित कलाकारहरुको देऊसी भैलो घमाका “शडंकर ध्वनि” बजारमा(हेरौ भिडियो)
चर्चित कलाकारहरुको देऊसी भैलो घमाका “शडंकर ध्वनि” बजारमा(हेरौ भिडियो)
सुमन ढकाल । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त यतिबेला करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र धेरै माया पाइरहेका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ । माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।
यतिबेला, विष्णु खत्री देवी घर्ती बद्री पंगेनी राजु परियार टिका पुन जुना श्रिस विमलराज क्षेत्री शर्मिला गुरुडंको आवाजमा नयाँ गीत देउसी भैलो गित विष्णु खत्रीको युटुव च्यानलबाट बजारमा आएको छ ।
गीतमा विष्णु खत्रीको शब्द लय रहेको छ भने रामजी खाड करिष्मा ढकाल लोमस शर्मा को अभिनय रहेको भिडियोलाइ काजीश श्रेष्ठले निर्देशन गेरेका हुन् ।
पुरा भिडियो हेर्नुहोस :





