२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ मोडलिङ गर्दै उषा सुवेदीलाइ पर्यो सगरमाथा म्युजिक अवार्ड

मोडलिङ गर्दै उषा सुवेदीलाइ पर्यो सगरमाथा म्युजिक अवार्ड

काठमाण्डौ।

लोक गित संगितको क्षेत्रमा आवद्द कलाकारहरुले अवार्ड हात पारेका हुन्।गित संगितको पाटोमा अभिनय गर्दै दर्शक सामु चिनिदै आएकी मोडल हुन् उषा सुवेदी। धेरै भिडियोको मुख्य भुमिकामा रहेर अगाडी बढिरहेकी छन्।

यो अवार्ड कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो।राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा लोक दोहरी अभिनय तर्फबाट उनि सम्मानित भएकी छन्।

मोडल सुवेदीले तीन वर्ष यो अवार्ड हात पार्न सफल भएको बताउछिन्।कार्यक्रमहरुमा अभिनय नृत्य संगै गितको रचनामा पनि उषा पोक्त छिन्।

उषाले पाँच दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । यो कार्यक्रम अर्थ नेपाल प्रालिले आयोजना गरी रसियन कल्चरमा सम्पन्न भएको हो। यो अवार्ड पाउदा मोडलिङ गर्दै जमेकी उषा सुवेदी खुसी रहेको व्यक्त गरिन्।

यो पटक ‘दुई दिन हँसायो’ बोलको गीतबाट उषाले वेष्ट अवार्ड पाएकी हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार