२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ नेत्र अर्यालको “ठमेल असन” बजारमा यस्तो बन्यो गीत (हेरौ भिडियो)

नेत्र अर्यालको “ठमेल असन” बजारमा यस्तो बन्यो गीत (हेरौ भिडियो)

सुमन ढकाल,काठमाण्डौ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् ।रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन्।

यतिबेला,

नेत्र अर्यालको शब्द खेम सेन्चुरीको लय संगै खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको आवाजमा नयाँ गीत “ठमेल असन”बोलको गीत बजारमा आएको छ। गीतको शब्द चयनमा रस संगै लयमा माधुरियता गीतमा देखिएछ। गीतलाइ दर्शक श्रोताले मन पराउदै गएको आकलन गरिएको छ।

भिडियो तर्फ, बिनोद भण्डारी नारायणी खत्री अर्जुन कुवरको अभिनय रहेको भिडियोलाइ निर्देशन बिनोद भण्डारीले गेरेका हुन् भने मनोज कार्कीले सम्पादन/कलर गरेका हुन्।गीतको भिडियो नेत्र अर्यालको अफिसियल युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार