२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ लोकप्रिय गायक/सर्जक श्रिधर अधिकारीको “मोया नमार” बजारमा (भिडियो सहित)

लोकप्रिय गायक/सर्जक श्रिधर अधिकारीको “मोया नमार” बजारमा (भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् ।

रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन्

यतिबेला,

श्रिधर अधिकारीको दमदार लयमा विमल अधिकारीको उत्कृष्ठ शब्द रचनामा रहेको रमाइलो गीत “मोया नमार”बजारमा आएको छ।

गीतमा श्रिधर अधिकारी लक्ष्मी खड्का कल्पना दुलाल पुजा र मिसोनको आवाज रहेको छ। गीत निकै मिठो बनेको दर्शक स्रोताले आकलन दिइरहेका छन्।गीतमा रस पसाइने शब्द संगै सुमधुर लय बनेर बजारमा आएको छ। रोविन पोख्रेल खेम विनम स्वभिमान सुस्मिताको अभिनय रहेको भिडियोलाइ निर्देशन श्रिधर अधिकारीलेनै गरेका हुन्।अमृत चापागाईले भिडियोलाइ सम्पादन/कलर गरेका हुन्।

गीतको भिडियो गायक/सर्जक अधिकारीको अफिसियल युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार