गृहपृष्ठ कुशल बेलबासे र सिलु भट्टराईको “झ्याली बज्यो” पन्चेबाजा गीतले दर्शकको मन जित्दै (भिडियोसहित)
कुशल बेलबासे र सिलु भट्टराईको “झ्याली बज्यो” पन्चेबाजा गीतले दर्शकको मन जित्दै (भिडियोसहित)
काठमाडौं । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । हरेक दिनजसो धेरै गीत विभिन्न च्यान्नलहरुबाट बजारमा आइरहेका नै छन् । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन ।
माया, प्रेम, दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो माया प्रेमका गीतहरु आउने गर्छन् कारण हो त्यस्ता गीतहरुलाई पछिल्लो समय दर्शक श्रोताले बढी मात्रामा रुचाइरहेका छन्।
यतिबेला, कुशल बेलबासे र सिलु भट्टराईको आवाजमा नयाँ पन्चे बाजा गीत “ झ्याली बज्यो ” बोलको गीतले बजारमा निकै राम्रो प्रतिक्रिया बटुलीरहेको छ । गीतमा कुशल बेलबासेको शब्द/संगीत रहेको छ । गीतको शब्द चयनमा रससंगै लयमा माधुर्यता पाउन सकिन्छ । गीतलाइ दर्शक श्रोताले मन पराउने कुरामा आशावादी रहेको गायिका भट्टराईले बताईन ।
भिडियो तर्फ, बिनोद भण्डारी, मिरा महोत्रा, राजु महोत्रा, सन्तोस थापा, कमला थापा, अन्जु सुनुवार लगायत अन्य कलाकारको सुन्दर अभिनय रहेको भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन गरेका छन । गीत स्वाभिमान क्रियशन ( Swaviman Creation ) को अफिसियल युटुव च्यानलमा हेर्न सकिन्छ ।
हेर्नुहोस भिडियो :






