गृहपृष्ठ गिनिज वर्ल्ड रेकर्ड विश्व किर्तिमानिको अन्तिम तयारीमा गायक श्रिधर अधिकारी
गिनिज वर्ल्ड रेकर्ड विश्व किर्तिमानिको अन्तिम तयारीमा गायक श्रिधर अधिकारी
उदयमान मिडिया । पछिल्लो समयका अत्यन्तै लोकप्रिय साथै व्यस्त कलाकार हुन श्रिधर अधिकारी । हरेक क्षेत्रमा अब्बल श्रिधर कलाकारितासंगै अध्यनमा पनि उत्तिकै अब्बल छन् । सानै देखि फरक बिधामा काम गर्न मन पराउने अधिकारी क्यारिकेचर संगै गीत संगितको हरेक बिधा गायन, गीत लेख्न र संगित भर्न उत्तिकै माहिर पनि छन् ।
पछिल्लो समय उनको दैनिक जसो गीत रेकर्डिङ, सुटिङ, र शब्द सृजना गर्दा समय पुग्नै गार्हो परिरहेको उनले बताए छन् । हरेक विधामा अब्बल अधिकारी अहिले गिनिज बुक अफ वर्ल्ड रेकर्डको तयारीमा छन्। उनले कुन विधामा विश्व किर्तिमान राख्न लागेको भन्ने बारे खुलाएका भने छैनन । यस बारेमा सम्पूर्ण कुरा केहि दिनमा सबै प्रकिया पूरा हुनेछ र सार्बजनिक गर्ने तयारीमा रहेको अधिकारीले उदयमान डट कमलाई जानकारी दिएका छन्। उक्त कृतिमानले उनको कलाकारित क्षेत्रमा थप उर्जा मिल्ने कुरा अधिकारीले बताएका छन् ।





