२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ एस के स्टाइल क्रियसनद्वारा आयोजित सैनामैना डान्सिङ एण्ड मोडलिङ स्टार २०२२ सम्पन्न

एस के स्टाइल क्रियसनद्वारा आयोजित सैनामैना डान्सिङ एण्ड मोडलिङ स्टार २०२२ सम्पन्न

सैनामैना एस के स्टाइल क्रयसनको आयोजनामा जेठ ७ गते देखि सुरु भएको सैनामैना डान्सिङ एण्ड मोडलिङ स्टार २०२२ सहिर केसीको सभाध्यक्षता, सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता , नमस्ते नेपाल संस्थाका अध्यक्ष अर्जुन खरेलको आतिथ्यता र गोकुल न्यौपानेको कार्यक्रम संयोजनमा रुपन्देहीको  सैनामैना-२ सोरौलिकाे बाबरी पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको छ ।

जसमा मोडेल तर्फबाट पुरुष तर्फ कृष्ण थापा र महिला तर्फ दिपिका खत्री क्षेत्री विजयी हुनु भएका छन् । त्यसैगरि भिवर्चोइस महिला तर्फ सुधा अर्याल पुरुष तर्फ नारायण केसी विजयी भएका छन् त्यस्तै फस्ट रनर अप महिला तर्फ अनुजा राष्कोटी मगर र पुरुष तर्फ विशाल गिरी हुन सफल भएका छन् । सिनियर डान्स तर्फ सन्ध्या सुनार प्रथम,  गीता रोका दितीय, कुसुम बिक तृतीय भएका छन् भने जूनियर तर्फ एन्जल कुँवर क्षेत्री प्रथम, अनुस्का सुनार दितीय, सुप्रिया भण्डारी तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकार गायिका एलिना चौहान , गायक श्रीधर अधिकारी, राजेश भण्डारी, बिनोद विस्ट लगाएतको बेजोड प्रस्तुति रहेको थियो ।  सैनामैना डान्सिङ् एण्ड मोडलिङ् स्टार २०२२ काे पहिलो चरणको अडिसन यही जेठ ७ गते सैनामैना -२ मुर्गिया ग्लोबल पार्टी प्यालेसमा सम्पन्न भएको थियोे । मोडलिङ् तर्फ सहभागी १३ जना मध्ये ११ जना र डान्सिङ् तर्फ सहभागी ४२ जना मध्य ३६ जना बाकी चरणका लागि छनौट हुन सफल भएका हुन् । कार्यक्रमकाे दोस्रो चरणको अडिसन जेठ १० गते मंगलबारका दिन सम्पन्न भएको थियो । जेठ ११ गतेबाट निरन्तर मोडलिङ (सुन्दरता) प्रतियोगिताका लागि तालिम संचालन भएको थियो त्यस्तै प्रतियोगिताको सेमीफाइनल जेठ २८ गते सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संचालन रेसम न्यौपानेले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार