२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ तीज गीत बबाल-२ (ठुले-ठुली) गीत सार्बजनिक (भिडियोसहित)

तीज गीत बबाल-२ (ठुले-ठुली) गीत सार्बजनिक (भिडियोसहित)

इज्जत कंडेल, बुटवल । तीज गीत बबाल-२ (ठुले-ठुली) गीत सार्बजनिक भएको छ। तीज गीत बबाल-१ को सफलता पछि बबाल-२ (हामी त विग्रियछम ठुले-ठुली) गीत बजारमा ल्याएका हुन। पछिल्लो समय तीजका गीतले बजार तताई रहेका बेला चर्चित गायिका सुनिता बुढा क्षेत्री र भविश्वर भण्डारीको स्वर रहेको छ। बबाल-२ (हामी त बिग्रिएछम ठुले/ठुली ) गायक भण्डारी र गीतका सर्जक गणेश खनालको संयुक्त लगानीमा तीज गीत बजारमा ल्याएका हुन ।

गीतमा चर्चित हास्य कलाकार बिष्णु जी पाण्डे (माइला बा), मोडल रन्जना ढकाल, रञ्‍जित भण्डारी र नेहा भट्टराईको सुन्दर अभिनय देख्न पाईन्छ। गीतमा गणेश खनालको शब्द/संगीत, मनोज खड्काको एरेन्ज, रञ्‍जित भण्डारीको नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई रोशन न्यौपानेले छायांकन गरेका छन् । गीत मिठो बनेकोले दर्शक श्रोताले मन पराउने कुरामा आशावादी रहेको टिमले बतायो । म्युजिक भिडियो Bhabiswar Bhandari युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक भएको छ । गीत र टिमलाई सफलताको धेरै शुभकामना ।

पुरा भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार