२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ अभिनेता राजेश हमालले कमब्याक गर्ने

अभिनेता राजेश हमालले कमब्याक गर्ने

काठमाडौं । एक समय नेपाली फिल्ममा हैकम जमाएका अभिनेता राजेश हमालले करीब ५ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘सकुन्तला’पछि लामो समय फिल्म साइन गरेनन् । कोरोना महामारीको समयमा भने उनले फिल्म ‘सत्यम्’बाट कमब्याक गर्ने निधो गरेका थिए । तर, यो फिल्म अझै पनि निर्माण हुन सकेको छैन । यस्तैमा, उनले कमब्याकका लागि नयाँ फिल्म रोजेका छन्, ‘मायाको माया’ ।

केही समयअघि नै उनले यो फिल्म साइन गरेको खबर बाहिरिएको थियो । तर, राजेश हमालका म्यानेजर रोशन हमालले फिल्मको टिमसँग सामान्य कुराकानी भए पनि कागजी सम्झौताको चरणमा नपुगेको जानकारी फिल्मीखबरलाई गराएका थिए । तर, हमालले तीन साताअघि यो फिल्म साइन गरेका छन् । उनले फिल्मका लागि करीब दुई हप्ता वर्कसप पनि गरिसकेको जानकारी प्राप्त छ ।

हमाल अहिले श्रीमतीसँग एक सांगीतिक कार्यक्रमका लागि दुबईमा छन् । उनको त्यहाँ एक हप्ते लामो बसाई रहनेछ । दुबईबाट फर्किएपछि उनी सद्गुरु जग्गी वासुदेवको अन्तर्वार्ता दिन भारत जानेछन् । त्यसपछि हमालले आगामी भदौ १७ गतेदेखि फिल्मको सुटिङ सुरु गर्नेछन् । मिडियामा आएको खबर जस्तो फिल्ममा हमालको भूमिका चिकित्सकको नरहेको पनि स्रोतले बताएको छ ।फिल्ममा अनुप विक्रम शाही र आना शर्मा जोडीको रुपमा देखिनेछन् । तर, राजेश हमालको अपोजिटमा अभिनेत्री नरहने स्रोतले बतायो । फिल्मबाट सर्वानी पाण्डेले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् भने भारतबाट तन्ह्भी आजमीको पनि अभिनय रहनेछ । बेलायतबाट पढेर फर्किएका रोहित करण बैधले निर्देशन गर्ने फिल्मलाई ड्राइभर इंक प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार