२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ चर्चित गायक अर्जुन सापकोटाको स्वर र मुकु सुवेदीको अभिनय रहेको “मायाको बदला” गीतले दर्शकको मन जित्दै

चर्चित गायक अर्जुन सापकोटाको स्वर र मुकु सुवेदीको अभिनय रहेको “मायाको बदला” गीतले दर्शकको मन जित्दै

इज्जत कंडेल, बुटवल । चर्चित गायक अर्जुन सापकोटा र गायक राजु नेपाली र गायिका खिम माया थापाको आवाज रहेको “मायाको बदला” गीतले पछिल्ला केहि दिनमा दर्शकको मन जितीरहेको छ । गीतमा कृष क्षेत्रीले शब्द रहेको छ भने बसन्त प्रबेशले लय गरेका छन् । गीत गायक अर्जुन सापकोटाको अफिसियल युटुब च्यानल Arjun Sapkota बाट सार्बजनिक भएको छ।

गीत निकै भावुक र मिठो बनेको हुनाले धेरै दर्शक श्रोताको मनमा पछिसम्म पनि मन मस्तिक्समा रहने कुरामा सम्पूर्ण टिमले आशा ब्यक्त गरेको छ । उक्त म्युजिक भिडियोमा मोडल मुकु सुवेदी, दिक्षा विक, कमल परियार, प्रतिभा आचार्यको सुन्दर अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई पंकी सुरजले निर्देशन गरेका छन् । गीतले अझै धेरै भन्दा धेरै दर्शक श्रोताको मन जित्न सफल होस् सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट धेरै शुभकामना ।

गीतको पुरा भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार