गृहपृष्ठ पछिल्लो समयका चर्चित गायक अर्जुन सापकोटाको तिहार गीत “यसै रमाइलो” गीत ट्रेन्डीङ्गमा (भिडियो सहित)
पछिल्लो समयका चर्चित गायक अर्जुन सापकोटाको तिहार गीत “यसै रमाइलो” गीत ट्रेन्डीङ्गमा (भिडियो सहित)
बुटवल । नेपाली लोक तथा दोहोरी गीतका पछिल्लो समयमा निकै चर्चित र लोकप्रिय गायकको अर्जुन सापकोटाले यसबर्षको तिहार पर्व लक्षित गीत सार्वजनिक गरेका हुन् । तिहारका गीतहरु सार्वजनिक भइरहेको बेला गायक सापकोटाले पनि आफ्नो ‘यसै रमाइलो’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीत सार्बजनिक पश्चात दर्शक श्रोताको मनमा बस्न सफल भएको छ संगै एकै दिनमा ट्रेन्डीङ्गमा पर्न पनि सफल भएको छ ।

गीत गायक अर्जुन सापकोटाको आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् । यज्ञ सापकोटाको शब्द रहेको गीतमा अर्जुनको संगीत भरेका छन् भने सुनिल परियारले एरेन्ज गरेका छन् । जेरी भण्डारीको निर्देशन रहेको भिडियोमा गायक सापकोटाका साथमा यज्ञ सापकोटा, सन्तोष सापकोटा, क्रिष्टल सापकोटा, बादल घिमिरे, टंक डुम्रे, श्रीधर अधिकारी लगायतलाई भिडियोमा देख्न सकिन्छ । करन चैसिरको छायाँकन रहेको म्युजिक भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन् । गीत पूर्ण सफलताको सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट पनि धेरै भन्दा धेरै शुभकामना ।
गीतको पुरा भिडियो हेर्नुहोस् :






