२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ एसके इस्टाइल क्रियशनद्वारा आयोजित  The Next Face Lumbini Season 2 कार्यक्रम संपन्न

एसके इस्टाइल क्रियशनद्वारा आयोजित  The Next Face Lumbini Season 2 कार्यक्रम संपन्न

इज्जत कंडेल, बुटवल । एस के स्टाइल क्रयसनको आयोजनामा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि The Next Face Lumbini Season 2 कार्यक्रम संपन्न भएको छ । कार्यक्रम सहिर केसीको सभाध्यक्षता तिलोत्तमा नगरपालिका उप-प्रमुख जागेश्वरीदेवी चौधरीको प्रमुख आतिथ्यता, गोकुल न्यौपानेको कार्यक्रम संयोजनमा रुपन्देहीको  तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित रेडीसन पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सुशील नेपाली, अनुप बुढाप्रिथि  विजेता हुन सफल  भएका छन । त्यसै गरी  viwer choice पब्लिक विजेता भने देवि पाण्डे, सुस्मिता पाईजा मगर र विश्व राष्कोटी मगर हुन सफल भएका छन । त्यसै गरी  first Runner-up आकाश रतन, सानिया चालिसे भएका छन । कार्यक्रममा कलाकारहरु चर्चित गायक श्रीधर अधिकारी, गायक राजेश भण्डारी , गायक तथा संचारकर्मी बिनोद बिस्ट, डान्सर अनु अनमोल छेत्रि र डान्सर आकृति परियारको बेजोड प्रस्तुति रहेको थियो ।  उक्त सम्पन्न कार्यक्रमको संचालन बुटवलका चर्चित उद्घोषक सुमन श्रेष्ठले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार