२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडल अफ नेपाल-२०२३’ का लागि आवेदन खुल्ला

मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडल अफ नेपाल-२०२३’ का लागि आवेदन खुल्ला

रंजीत शर्मा, नवलपरासी । पश्चिम नवलपरासीमा पहिलो पटक हुने राष्ट्रिय स्तरीयको मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडल अफ नेपाल-२०२३’ का लागि आवेदन खुला गरिएको छ। पी प्रोड्याक्सनको आयोजनामा सञ्चालन हुने यस प्रतियोगिताको कार्यक्रम संयोजक नुर आलम अन्सारी का अनुसार प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको बताएका छन् ।

मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडल अफ नेपाल-२०२३ प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक सबै उमेर समूहका प्रतिस्पर्धीहरुले यही डिसेम्बर ३१ तारिक सम्म राष्ट्रिय दैनिक डिजिटल पत्रिकाको आधिकारीक फेसबुक पेज तथा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । साथै कार्यक्रम संयोजक नुर आलम अन्सारीको सम्पर्क नम्बर ९८००७६७१६७ मा सम्पर्क गरी समेत दर्ता गराउन सकिने छ।

आफू भित्रको रहेको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै पहिलो पटक हुन गईरहेको मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडल अफ नेपाल-२०२३ एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा सहभागिताको निम्ति छनौट अडिसन पनि हुने भएकोले ईच्छुक प्रतिस्पर्धीहरुलाई अडिसन दिन कार्यक्रम संयोजक नुर आलम अन्सारीले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार