२०८२ फागुन २२ गते शुक्रवार | March 06, 2026

गृहपृष्ठ सुजन क्षेत्रीको शब्द रहेको “काँचो बास माथि” गीतले दर्शकको मन जित्दै

सुजन क्षेत्रीको शब्द रहेको “काँचो बास माथि” गीतले दर्शकको मन जित्दै

सुमन ढकाल, काठमाडौं । रमेश विक्रम रत्नको लयमा दिपेन र लक्ष्मीको “काँचो बाँस माथि” गायक दिपेन थापा र गायिका लक्ष्मी परियारको सुमधुर आवाज रहेको गीत “काचो बाँस माथि”ले पछिल्लो दिनमा दर्शक श्रोताको मन जित्न सफल भएको छ। गीतमा शब्द सुजन क्षेत्रीको हो भने लय हो रमेश विक्रम रत्नको रहेको छ ।

गीतमा रहेको शब्द “थुके हुन्छ मेरो लासमाथि” यी शब्दले अझ दर्शकको मन जितिरहेको छ । गीतले राम्रो प्रतिकृया पाउदै गइरहेको छ। सर्जक क्षेत्रीको निकै चर्चा पाएको यो गीतलाई अहिलेसम्म  युटुवमा १ लाख ४५ हजार बढि पटक हेरिएको छ। भिडियोलाइ केशवराज भट्टले निर्देशन गरेका छन् त्यस्तै राजेश घिमिरेको छाँयाकन भने अमृत चापागाइले सम्पादन/कलर गरेका हुन्।

पुरा भिडियोः  https://www.youtube.com/watch?v=Fa7guMrwbYk

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार