गृहपृष्ठ स्याङ्जाबाट पोखरा आउँदै गरेको मोटरसाइकल दुर्घटना २ घाइते !
स्याङ्जाबाट पोखरा आउँदै गरेको मोटरसाइकल दुर्घटना २ घाइते !
पोखरा आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा रोल्पा सुनछहारी गाउँपालिका वडा नं. १ घर भई हाल पोखरामा बस्ने वर्ष ३८ का सागर बुढाथोकी र उनकी छोरी वर्ष १५ की सम्झना बुढाथोकी रहेका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।
आज दिउसो १ बजे स्याङ्जाबाट पोखरा आउँदै गरेको ग७प ९६५९ नम्बरको मोटरसाइकल पुतलीवजार नगरपालिका–१० राङखोलास्थित सिद्वार्थ राजमार्गमा आफै अनियन्त्रित दुर्घटनामा परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।





