गृहपृष्ठ हेर्नुहोस नेपालमा आज कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस नेपालमा आज कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ७ हजार ४४८ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १५६ जना र १० देखि १९ वर्षका ४३९ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका १ हजार ६८८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ८७१ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ३६९, ५० देखि ५९ वर्षका ९८८ जना, ६० देखि ६९ का ५२२ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का २२० जना, ८० देखि ८९ का ७९ जना, ९० देखि १०० वर्ष उमेरका ९ जना र उमेर नखुलेका ४७ जना छन् । अहिले देशभर ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





