२०८३ साउन १४ गते बिहीवार | July 30, 2026

गृहपृष्ठ घरमै पुगेर स्वाब संकलन गरे पाँच सय रुपैयाँ लाग्ने

घरमै पुगेर स्वाब संकलन गरे पाँच सय रुपैयाँ लाग्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ सघन रूपमा गर्न अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बुधबार प्रेस ब्रिफिङमार्फत् स्थानीय तहका जोखिमयुक्त स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्न अनुरोध गरेको हो।

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले गरेको निर्णयअनुसार कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गरेर कोभिड-१९को परीक्षण बढाउने व्यवस्था गर्न अनुरोध गरेको हो।

त्यस्तै, मन्त्रालयले घरमै गएर पिसिआर परीक्षण गर्ने नमूना संकलनको शुल्क अधिकतम् ५०० सय रुपैयाँ निर्धारण गरेको छ।

घरमा पुगेर पिसिआर परीक्षणका लागि नमूना संकलन गर्ने शुल्क अधिकतम ५०० रुपैयाँ निर्धारण गरेको प्रवक्ता गौतमले बताए।
यसका लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने निर्णय भएको गौतमले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार