२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ हेर्नुहोस पाँच सय भन्दा बढी संक्रिय संक्रमित छन, नेपालका यी २६ जिल्लामा

हेर्नुहोस पाँच सय भन्दा बढी संक्रिय संक्रमित छन, नेपालका यी २६ जिल्लामा

नेपालका २६ जिल्लामा पाँच सयभन्दा बढी र १९ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा र महोत्तरी, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशको कास्की र गोखा, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर र बैतडीमा पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन् ।

त्यसैगरी, प्रदेश २ को बारा, सलार्ही, सिराहा, सप्तरी र रौतहट, बागमती प्रदेशको सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली, गण्डकी प्रदेशको तनहुँ, म्याग्दी, स्याङ्जा र नवलपरासी ९पूर्व० र लुम्बिनी प्रदेशको नवलपरासी ९पश्चिम०, गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशको दैलेख, सुदुरपश्चिम प्रदेशको डडेलधुरा, डोटी र अछाममा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, ८३२ जना आइसीयू र २६७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार