गृहपृष्ठ नेपालमा पछिल्लो २४ घन्टामा यति धेरै जनाले गुमाए ज्यान , देखियो यति धेरै संक्रमित संख्या
नेपालमा पछिल्लो २४ घन्टामा यति धेरै जनाले गुमाए ज्यान , देखियो यति धेरै संक्रमित संख्या
पछिल्लो २४ घन्टामा देशभर ९ हजार ४८३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या ४ लाख १३ हजार १ सय ११ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ५९६ जनाको पिसिआर ७२० जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएकोमा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म ३ लाख १२ हजार १९ संक्रमित निको भइसकेका छन् । देशभर ४४८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २२५ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ४ हजार ८४ पुगेको छ ।





