गृहपृष्ठ कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा झण्डै ६० प्रतिशत ज्येष्ठ नागरिक
कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा झण्डै ६० प्रतिशत ज्येष्ठ नागरिक
नेपालमा मंगलबार एकैदिन २२५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ ।
जसमध्ये सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् । यो संख्या कुल मृतक संख्याको ५८।३९ प्रतिशत हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्ष भन्दा माथि उमेर समूहका २३८५ जनाको मृत्यु भएको छ । ५०–५९ वर्ष उमेर समूहका ७१७ जनाको मृत्यु हुँदा ४०–४९ वर्ष उमेर समूहका ५१४ छन् ।
३०–३९ वर्ष उमेर समूहका २९७, २०–२९ वर्ष उमेर समूहका ११८, १०–१९ वर्ष उमेर समूहका २६ र ९ वर्षमुनिका २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।





