गृहपृष्ठ नेपालमा आज कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, यति धेरै जनामा संक्रमण पुस्टि
नेपालमा आज कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, यति धेरै जनामा संक्रमण पुस्टि
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
यो पनि
नेपाली टिमका नियमित सदस्य तथा गोलकिपर विकेश कुथु र मिडफिल्डर तेज तामाङ राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।
विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले बोलाएको बन्द प्रशिक्षणमा विकेश र तेज तामाङ परेका छैनन् ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षणका लागि छनोट गरेको ३२ खेलाडीको सूचीमा विकेश र तेज नपरेका हुन् ।
यस अघि एन्फाले निकालेको सूचीमा दुबै खेलाडी थिए । तर, नेपाल सुपर लिग सकिएपछि प्रशिक्षक अब्दुल्लाहले निकालेको नयाँ सूचीमा दुबै खेलाडी नपरेका हुन् ।
यस्तै अजित भण्डारी,संजोक राई, छिरिङ गुरुङ र त्रिदेभ गुरुङ पनि अटाएका छैनन् । चोटका कारण मिडफिल्डर सुजल श्रेष्ठ पनि टिममा परेका छैनन् ।
सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक टिममा परेका छन् ।
त्यस बाहेक सुमन अर्याल, पुजन उपरकोटी र नितिन थापा टिममा फर्किएका छन् ।
आगामी महिना इराकसँग हुने मैत्रिपूर्ण र विश्वकप छनोट खेलका लागि नेपालले बुधबारबाट प्रशिक्षण थालेको हो । नेपालले मे २९ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग खेल्ने तालिका रहेको छ ।
नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।
कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
बन्द प्रशिक्षणमा डाकिएको नेपाली टिम :
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, रवी पासवान
फरवार्ड : भरत खवास, अभिषेक रिजाल, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामा





