गृहपृष्ठ आज सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
आज सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ । गत २४ घण्टामा मात्र ९ हजार २ सय ४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १ लाख १३ हजार ४ सय ८० जना सक्रिय संक्रमित छन् ।
प्रदेश १ को इलाममा ५९, उदयपुरमा ७, ओखलढुंगामा १२, खोटाङमा १७, झापामा १७४, ताप्लेजुङमा ९, तेह्रथुममा १९, धनकुटामा ६३, पाँचथरमा २१, भोजपुरमा २, मोरङमा ४६९, संखुवासभामा ६४, सुनसरीमा ३०० र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को धनुषामा २३२, पर्सा ९८, बारामा २७, महोत्तरीमा १३०, रौतहटमा ७६, सप्तरीमा १२१, सर्लाहीमा २१ र सिरहामा १९ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ३ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा ९१, चितवनमा ६७, दोलखामा ४, धादिङमा १५, नुवाकोटमा ७५, भक्तपुरमा २९८, मकवानपुरमा १२४, रामेछापमा ५४, ललितपुरमा ४५४, सिन्धुपाल्चोकमा ५८ र सिन्धुलीमा ३६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४३४, गोरखामा ६५, तनहुँमा २८, नवलपरासी पूर्वमा ८, पर्वतमा ६०, मुस्ताङमा १, म्याग्दीमा ५७, लमजुङमा ४८, बागलुङमा ७ र स्याङजामा ८५ जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १६, कपिलवस्तुमा २०, गुल्मीमा ४४, दाङमा १३७, नवलपरासीमा २८, पाल्पामा ९४, प्युठानमा ३, बर्दियामा ३१३, बाँकेमा ३७८, रुपन्देहीमा ४१३ र रोल्पामा २ जनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १३, जाजरकोटमा ४६, जुम्लामा ७, दैलेखमा ३५, मुगुमा १, रुकुम पश्चिमा १६, सल्यानमा २३ र सुर्खेतमा १९६ जनामा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा १२, कञ्चनपुरमा २१८, कैलालीमा ७४२, डडेल्धुरामा ३५, डोटीमा २९, दार्चुलामा १२, बझाङमा १, बाजुरामा २ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।





