२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ को’रोना संक्र’मणबाट काठमाडौं परिसरका डीएसपी केसीको नि’धन

को’रोना संक्र’मणबाट काठमाडौं परिसरका डीएसपी केसीको नि’धन

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् । २ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

 

यो पनि

जसपामा ठाकुर र यादव बीच सहमति पछि राजनीतिमा नयाँ मोड अब देशको राजनीति कता जाला ?

जनता समाजवादी पार्टी (जसपा) अरू पार्टी नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले हिजो संयुक्त विज्ञप्ति निकालेर अरू राजनीतिक दल नेतृत्वको सरकारमा आफूहरू सहभागी नहुने स्पष्ट गरेका हुन् । तर राष्ट्रिय सहमति अथवा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर आए सरकार गठन गर्न अघि बढ्ने अध्यक्षद्वय ठाकुर र यादवको भनाइ छ । जसपाको नयाँ सहमतिसँगै देश निर्वाचनतिर जाने संभावना बढेको छ ।

संबिधानको धारा ७६ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका केपी ओलीले एक महिनाभित्र संसदबाट विश्वाशको मत लिुनपर्छ । तर जसपाले सहयोग नगर्ने भएपछि ओलीले विश्वाशका मत नपाउने निश्चित भएको छ ।

त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ उपधारा ५ अनुसार संसदमा बहुमत पु¥याउने जुनसुकै सदस्यलाई प्रधानमन्त्री बनाउन सक्नुहुनेछ । जसपा तटस्थ बस्दा यो व्यवस्था अनुसारको सरकार बन्ने संभावना पनि छैन । यसपछि संसद विघटन भएर देश निर्वाचनतिर जानेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार