२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ आज एकै दिनमा कोरोना संक्र’मणबाट यति धेरैले गुमाए ज्या’न थपिए यति धेरै संक्र’मित

आज एकै दिनमा कोरोना संक्र’मणबाट यति धेरैले गुमाए ज्या’न थपिए यति धेरै संक्र’मित

कोरोना संक्र’मणबाट एकै दिनमा १९० जनाको मृ’त्यु भएको छ भने ८३०५ जना संक्र’मित थपिएका छन् ।

यो पनि

नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएको हो । बैठकले राष्ट्रिय सभा उमेदवार रहेका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई मतदान नगर्ने पार्टीकै नेताहरुप्रति भर्त्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्यको पछिल्लो अवस्थालगायतका विषयमा जानकारी गराएका थिए ।

यो पनि

सर्वोच्च अदालतले धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको इजलासले एकपटक ६ महिनाका लागि मन्त्री हुन पाउने र त्यसबीचमा संघीय संसदको सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्था गरेको भन्दै ओलीको पछिल्लो क्याबिनेटमा उनीहरूको पुनःनियुक्ति संविधानसम्मत नरहेको ठहर गरेको छ ।

राणाले यो आदेशसँगै संविधानको धारा ७८ को व्याख्या समेत गरेका छन् । यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

उनीहरू अब प्रतिनिधिसभा वा राष्ट्रियसभामा निर्वाचित भएर आएपछि मात्र मन्त्री बन्न पाउने छन् । यी सात मन्त्रीको नियुक्ति असंवैधानिक भन्दै परेको अघिल्लो रिटमाथि पनि राणाकै इजलासमा सुनुवाइ भएको थियो । तर, त्यसबेला रिट निवेदकले अन्तरिम आदेश माग नगरेको भन्दै राणाले पूर्णसुनुवाइमा पठाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार