२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ आज शुक्रबार कुन जिल्लामा कति संक्रमित थपिए ?

आज शुक्रबार कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । गत २४ घण्टामा मात्र ८ हजार ६ सय ७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित छन् । प्रदेश १ को इलाममा ६, उदयपुरमा ८, ओखलढुंगामा २, खोटाङमा ३४, झापामा २३६, ताप्लेजुङमा ५२, तेह्रथुममा २७, धनकुटामा १३, पाँचथरमा २५, भोजपुरमा २, मोरङमा ६३९, संखुवासभामा ९, सुनसरीमा १९३ र सोलुखुम्बुमा १२ जनामा कोरोना भेटिएको छ । प्रदेश २ को धनुषामा १३८, पर्सा ४०, बारामा २९, महोत्तरीमा ११३, रौतहटमा ३५, सप्तरीमा ५२, सर्लाहीमा १६ र सिरहामा ६२ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ५२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकमा ३०८, चितवनमा २३३, दोलखामा ९९, धादिङमा ७६, नुवाकोटमा ९७, भक्तपुरमा २९५, मकवानपुरमा १११, रसुवामा ४२, रामेछापमा ११, ललितपुरमा ४००, सिन्धुपाल्चोकमा २३१ र सिन्धुलीमा ४८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८२, गोरखामा ११२, तनहुँमा ७८, नवलपरासी पूर्वमा १०२, पर्वतमा ४५, मुस्ताङमा १, म्याग्दीमा ४९, लमजुङमा ४९, बागलुङमा ५ र स्याङजामा ३२ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १३, कपिलवस्तुमा २२, गुल्मीमा ३९, दाङमा १८६, नवलपरासीमा ३५, पाल्पामा ३०, प्युठानमा ३, बर्दियामा ६, बाँकेमा ५३, रुकुम पूर्वमा १, रुपन्देहीमा ६७२ र रोल्पामा ३६ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ९, जाजरकोटमा ३१, जुम्लामा ९, डोल्पामा १, दैलेखमा ३४, रुकुम पश्चिमा ४, सल्यानमा ३ र सुर्खेतमा १७९ जनामा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा १३५, कञ्चनपुरमा ९६, कैलालीमा ४१९, डडेल्धुरामा १२, डोटीमा ३०, दार्चुलामा १५, बाजुरामा १, बाजुरामा १ र बैतडीमा १३१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार