२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ आज यति धेरै जनामा कोरोना संक्रमण पुष्टि,संक्रमणबाट यति धेरैले गुमाए ज्यान

आज यति धेरै जनामा कोरोना संक्रमण पुष्टि,संक्रमणबाट यति धेरैले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजिन विधिबाट भएको छ । जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएका छन् ।

उपत्यकामा संक्रमितको संख्या
पछिल्लो २४ घण्टामा काठमाडौंमा भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार