गृहपृष्ठ हेर्नुहोस कुन कुन जिल्लामा घट्दैछ काेराेना संक्रमण ?
हेर्नुहोस कुन कुन जिल्लामा घट्दैछ काेराेना संक्रमण ?
अघिल्लो साता कोभिड संक्रमण उच्च देखिएका केही जिल्लाहरुमा केही दिनयता थपिने संक्रमितको संख्या कम हुँदै गएको छ । संक्रमित कम थपिनेमा काठमाडौंलगायत उपत्यका बाहिर हट स्पट मानिएका जिल्ला पनि छन् ।
अघिल्लो साता दैनिक २ हजारभन्दा बढी संक्रमित बढेको काठमाडौंमा जिल्लामा यो साता नयाँ संक्रमितको संख्या १ हजार ९०० भन्दा माथि पुगेको छैन । त्यस्तै उपत्यका बाहिर संक्रमण उच्च देखिएका रुपन्देही, चितवन, बाँकेलगायतका जिल्लामा नयाँ संक्रमित घट्ने क्रममा छ । मंगलबार बाजुरा, मुगु, मनाङ, मुस्ताङ र डोल्पामा कुनै पनि संक्रमित थपिएका थिएनन् भने २१ जिल्लामा १० जनाभन्दा कम संक्रमित थपिएका थिए ।
अहिले मुलुकभरका ८ जिल्लामा ५० जनाभन्दा तल, ६ जिल्लामा २०० भन्दा कम, १३ जिल्लामा ५०० भन्दा कम र बाँकी जिल्लाहरुमा ५०० भन्दा बढी संक्रमितहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।





