२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ आज बिहिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

आज बिहिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । गत २४ घण्टामा मात्र ६ हजार ९ सय ३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ को इलाममा ४, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा ७, झापामा ११८, ताप्लेजुङमा २०, तेह्रथुममा ३१, धनकुटामा २२, पाँचथरमा २१, भोजपुरमा ६, मोरङमा ४१०, संखुवासभामा ३७, सुनसरीमा १८६ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को धनुषामा ९५, पर्सा २७, बारामा ८९, महोत्तरीमा ६१, रौतहटमा ३२, सप्तरीमा ४०, सर्लाहीमा ८६ र सिरहामा ८३ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकमा २३३, चितवनमा १९८, दोलखामा ४५, धादिङमा १८८, नुवाकोटमा १६५, भक्तपुरमा २६५, मकवानपुरमा १०२, रसुवामा ५, रामेछापमा ४४, ललितपुरमा ३६४, सिन्धुपाल्चोकमा १५० र सिन्धुलीमा ८२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३५८, गोरखामा २६, तनहुँमा ६१, नवलपरासी पूर्वमा ५८, पर्वतमा ३८, मुस्ताङमा १, म्याग्दीमा २०, लमजुङमा ४८, बागलुङमा ५ र स्याङजामा ३८ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १३, कपिलवस्तुमा ६६, गुल्मीमा १७५, दाङमा ६५, नवलपरासीमा ८, पाल्पामा ६६, प्युठानमा १, बर्दियामा १४, बाँकेमा ३०, रुकुम पूर्वमा २, रुपन्देहीमा १४० र रोल्पामा ६ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ६, जाजरकोटमा १, जुम्लामा २, दैलेखमा २५, रुकुम पश्चिमा १२, सल्यानमा ४२ र सुर्खेतमा १२४ जनामा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा ९७, कञ्चनपुरमा २९, कैलालीमा ११२, डडेल्धुरामा २३, डोटीमा ९, दार्चुलामा २५, बझाङमा १ र बैतडीमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार