२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्ला अनुसार विवरण

आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्ला अनुसार विवरण

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ । गत २४ घण्टामा मात्र ६ हजार ९ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ को इलाममा ११, उदयपुरमा ३८, ओखलढुंगामा १७०, खोटाङमा ३, झापामा २२६, ताप्लेजुङमा ३, धनकुटामा ४२, पाँचथरमा ९, भोजपुरमा ४, मोरङमा १६६, संखुवासभामा २९, सुनसरीमा १७० र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को धनुषामा ९७, पर्सा २८, बारामा ४३, महोत्तरीमा १३७, रौतहटमा ४८, सप्तरीमा ४३, सर्लाहीमा ३० र सिरहामा ३४ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ९६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकमा ३९२, चितवनमा १५१, दोलखामा १०१, धादिङमा ९८, नुवाकोटमा ८९, भक्तपुरमा २१३, मकवानपुरमा ११८, रसुवामा १२, रामेछापमा १७, ललितपुरमा ३१५, सिन्धुपाल्चोकमा २५६ र सिन्धुलीमा ७२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८९, गोरखामा ४०, तनहुँमा ८३, नवलपरासी पूर्वमा ३९, पर्वतमा ५१, मनाङमा १, म्याग्दीमा १३, लमजुङमा ६, बागलुङमा ६ र स्याङजामा १०२ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १३, कपिलवस्तुमा ४३, गुल्मीमा ५०, दाङमा १३०, नवलपरासीमा २१, पाल्पामा ६५, प्युठानमा ८, बर्दियामा ११८, बाँकेमा १०९, रुकुम पूर्वमा २, रुपन्देहीमा १२० र रोल्पामा १२० जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १९, जाजरकोटमा १, जुम्लामा ४, दैलेखमा ४, रुकुम पश्चिमा ८, सल्यानमा ५, हुम्लामा १, सुर्खेतमा ६१ जनामा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा ४३, कञ्चनपुरमा ५०, कैलालीमा १३९, डडेल्धुरामा ५४, डोटीमा ३०, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ४६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार