गृहपृष्ठ आज देखिए हिजो भन्दा कम संक्रमित परिश्रण संख्या पनि किन घट्यो
आज देखिए हिजो भन्दा कम संक्रमित परिश्रण संख्या पनि किन घट्यो
पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।
यो पनि
पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु-भाइको मृत्यु
महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु-भाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार छन् ।
घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डुबेर दाजु(भाइको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
उनका अनुसार शनिबार साँझ वर्षाको पानी जम्मा भएको खाल्डोमा डुबेका दाजु(भाइलाई देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । त्यहाँँ प्राथमिक उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउनेबित्तिकै मृत्यु भएको विष्टले बताए।
दुबै दाजु-भाइ खेल्दाखेल्दै खाल्डोसम्म पुगेर डुबेको स्थानीयले बताएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












