२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ नेपालमा आज सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेरौ जिल्ला अनुसार विवरण…

नेपालमा आज सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेरौ जिल्ला अनुसार विवरण…

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ । गत २४ घण्टामा मात्र ४ हजार ७ सय ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ को इलाममा ६, उदयपुरमा ८, ओखलढुंगामा १३, खोटाङमा २७, झापामा १८५, ताप्लेजुङमा २६, धनकुटामा १७, पाँचथरमा १, भोजपुरमा ४, मोरङमा २५२, संखुवासभामा ५, सुनसरीमा १६४ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को धनुषामा ११७, पर्सा १८, बारामा २९, महोत्तरीमा ३४, रौतहटमा १७, सप्तरीमा ४७, सर्लाहीमा ४० र सिरहामा ११ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र ८९० जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकमा ११३, चितवनमा १२६, दोलखामा १९, धादिङमा २२०, नुवाकोटमा ६२, भक्तपुरमा १२१, मकवानपुरमा १४१, रसुवामा १२, रामेछापमा १३, ललितपुरमा २५२, सिन्धुपाल्चोकमा ९४ र सिन्धुलीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा ५३, तनहुँमा ३२, नवलपरासी पूर्वमा २७, पर्वतमा २०, म्याग्दीमा १०, लमजुङमा १९, बागलुङमा २ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा ६, गुल्मीमा ५, दाङमा ७५, नवलपरासीमा ११, पाल्पामा ४१, प्युठानमा ३, बर्दियामा ६, बाँकेमा १२, रुपन्देहीमा १२० र रोल्पामा ७ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ५, जुम्लामा १३, रुकुम पश्चिमा ४, सल्यानमा ४५ र सुर्खेतमा २५ जनामा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा ५२, कञ्चनपुरमा ५४, कैलालीमा १९५, डडेल्धुरामा ११, डोटीमा १, दार्चुलामा ७४ र बैतडीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार