२०८३ भदौ ८ गते सोमवार | August 24, 2026

गृहपृष्ठ रुपन्देहीमा आज थप यति जनामा संक्रमण पुस्टि

रुपन्देहीमा आज थप यति जनामा संक्रमण पुस्टि

रुपन्देहीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ४३८ जनाको कोरोना परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा १२ जना, तिलोत्तमा नगरपालिकामा १४ जना, सिद्धार्थ नगरपालिकामा ४ जना, सैनामैना नगरपालिकामा ६ जना, देवदह नगरपालिकामा ८ जना, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका र कञ्चन गाउँपालिकामा ३र३ जना, ओमसतिया गाउँपालिका, शुद्धोधन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा २र२ जना, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र कोटहीमाई गाउँपालिकामा १र१ जना संक्रमित थपिएका हुन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २११ पुगेको छ । हाल जिल्लामा ९७० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै रुपन्देहीमा निको हुनेको संख्या २५ हजार ७८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४५६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार