गृहपृष्ठ रुपन्देहीमा आज कोरोना संक्रमण हुने संख्या भन्दा निको हुने संख्या तेब्बर भन्दा बढी
रुपन्देहीमा आज कोरोना संक्रमण हुने संख्या भन्दा निको हुने संख्या तेब्बर भन्दा बढी
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ४९७ जनाको कोरोना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको छ भने १७३ जना निको भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा १३/१३ जनामा संक्रमण पुष्टि भएको छ । देवदह नगरपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैनामा ५/५ जना, सुद्धोधन गाउँपालिकामा ३ जना, ओमसतिया गाउँपालिका, कञ्चन गाउँपालिकामा १/१ जनामा संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ४९१ पुगेको छ । जसमध्ये २५ हजार ९५८ जना निको भएका छन ।
हाल जिल्लामा १ हजार ७६ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४५७ पुगेको छ ।
यो पनि पढ्नुहोस
पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना पुष्टि, ८१ जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ५ लाख १० हजार २ सय ९८ जना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ८१ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ८ हजार १७९ पुगेको छ ।












