२०८३ भदौ ८ गते सोमवार | August 24, 2026

गृहपृष्ठ रामदेवको ‘कोरोनाको औषधि’ नेपालमा किन लगाइयो रोक ? यस्तो छ कारण..

रामदेवको ‘कोरोनाको औषधि’ नेपालमा किन लगाइयो रोक ? यस्तो छ कारण..

भारतका प्रख्यात योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जलीले उत्पादन गरेको ‘कोरोनाको औषधि’ वितरणमा नेपालले रोक लगाएको छ । पतञ्जलीले ‘उपहार’स्वरुप भन्दै नेपालमा १६ सय कोरोनिल किट पठाएको थियो ।

आयुर्वेद तथा वैकल्पिक औषधि विभागले पतञ्जलीको तर्फबाट पठाइएका ती कोरोनिल किट वितरणमा रोक लगाएको हो । रामदेवले कोरोना निको पार्ने दाबी गरेको सो औषधिलाई आइएमएले स्वीकृति दिएको छैन ।

इन्डियन मेडिकल एसोसिएसनले यसको प्रभावकारिता पुष्टि गर्न आग्रह गरे पनि पतञ्जलीले यसको प्रभावकारिता पुष्टि गर्न सकेको छैन । पतञ्जलीले यो किट नेपाल पठाउँदा औषधि व्यवस्था विभागबाट समेत अनुमति नलिएकाले यसलाई तत्काल प्रयोगमा रोक लगाइएको विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस

पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना पुष्टि, ८१ जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ५ लाख १० हजार २ सय ९८ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८१ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ८ हजार १७९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार