गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना पुष्टि, ५९ जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना पुष्टि, ५९ जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।












