गृहपृष्ठ नेपालमा आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ९१८ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ६४ जना र ११ देखि २० वर्षका २०८ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ४०४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक ४५४ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३६२, ५१ देखि ६० वर्षका २५५ जना, ६१ देखि ७० का १६६ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ८५ जना, ८० देखि माथिका ४३ जना र उमेर नखुलेका ८ जना रहेका छन् । अहिले देशभर ९९५ जना आईसीयूमा र ३२४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






